कपिलवस्तु,गाेपाल बन्जाडे
कोभिड १९ (कोरना भाइरस ) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी साेमबार आज कपिलवस्तुका विभिन्न ठाउँमा बितरण गरिएको छ । अन्य स्थानियतह आईतबार बितरण गरिएको हो । औषधी बुटवलको कालिका कल्याणकारी समाजले कपिलवस्तुका बिभिन्न स्थानियतहमा औषधि बितरण गरिएकाे सचिव दिनेश कुँवरले बताए ।
आईतबार समाजले बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका र महाराजगन्ज नगरपालिकामै यो औषधि एकमुस्ट बितरण गरेको हो ।आज बितरण गरेको नगरपालिकामा पाँच÷पाँच सय जनालाई पुग्ने गरी पहिलो चरणमा औषधि बितरण गरिएको कुँवरले बताए । समाजले बुटवलस्थित ओमकालिका होमियोप्याथिक अस्पतालको प्राविधिक सहयोगमा औषधि बितरण गरेको हो ।
अस्पतालका डाक्टर महाराज सन्तकुमार सिंह कुर्मी, तथा अस्पताल संचालक डा. माधव थापा लगायतको टोलीले यी नगरपालिकाहरुमा औषधि बितरण गरेको समाजका जंगबहादुर थापाले बताए । औषधी बितरण कार्यक्रमकाे संयाेजन बाणगंगा र बुद्ध भुमी नगरपालिकामा औषधी ब्यावसायी सन्ताेष गैरे र शिवराज र महाराजगन्ज नगरपालिकामा ब्यावसायी गाेपाल बन्जाडेले गरेका थिए ।
काेराेना राेगले बिश्व जगतमा नै तहसनहस पारेको बेलामा नेपाल सरकारकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सा गाईडलाईन्स अनुसार आफ्नाे सामाजिक उत्तरदायित्व बुझि औषधी बितरण गरिएको गाेपाल बन्जाडेले साे अवसरमा बताएका थिए ।
औषधी बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिले यस्ता कार्यकाे खुलेरै प्रसंशा गरेको र आवश्यक परे थप औषधि उपलब्ध गराउन आग्रह गरेको अस्पताल संचालक थापाले बताउनुभयो । खासगरी कोरना उपयोगी भनिएको यो औषधि सबै खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको रुपमा चिकित्सकहरुले बितरण गर्दै आएका छन् । मारवाडी सेवा समितिले पनि देशका विभिन्न ठाउँमा यो औषधि बितरण गर्दै आएको छ ।
यो औषधि दैनिक चार वटा खालीपेटमा तीन दिनसम्म खानुपर्ने छ । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ । कोरना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने तथा रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत सजिलै नलाग्ने चिकित्सकहरुले बताउँछन् । यो औषधि खासगरी भारतमा उत्पादन हुने गर्दछ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।