Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

चन्द्रौटामा सरुवा रोग नियन्त्रण अस्पताल


चन्द्रौटामा सरुवा रोग नियन्त्रण अस्पताल

चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सरुवा रोग नियन्त्रण अस्पताल बनाउन १ करोड रुपैयाँ वजेट छुट्टाइएको प्रदेश सासद अजुर्न कुमार के सी ले बताए । चुनाबकाे समय गरेकाे बाचा अनुसार यस क्षेत्रमा सरुवा राेग अस्पतााल निर्माणका लागि पहल गरेकाेमा स्थानिय शिवपुर निवासी  माधव पाण्डेले खुसी व्यक्त गरे । कपिलवस्तुकाे पश्चिम क्षेत्र न ३ अत्यन्त पिछडिएकाे क्षेत्र भएकाेले यस ठाँउमा अस्पताल निर्माणले खुसीयाली छाएकाे नेकपा शिवराज नगर कमिटी सचिव जगत पाैडेलले बताए ।

अस्पताल स‌चालनले यस क्षेत्रका जनताहरु लाई उपचारका लागि बाहिर जाने समस्या समाधान हुने व्यपार स‌घका अध्यक्ष र काराेना अस्पताल निर्माण समितिका अध्यक्ष महादेव पाेखरेल बताए ।  यस क्षेत्रका वासिन्दा उपचारका लागी नेपालकाे बुढवल,भैरहवा र काठमाडाैका विभिन्न अस्पतालमा जाने र भारतकाे विभिन्न शहरमा उपचार गर्ना जाने बाध्यता हटेकाे पाेखरेलले बताए । अस्पताल बन्ने विषय शिवराजका लागि खुसीकाे कुरा भएकाे बताए ।

प्रदेशका १२ वटा जिल्ला अस्पतालहरुलाई ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गर्न १५ करोड रुपैयाँ विनियोजन भएको छ । सडक दुर्घटनामा परेका व्यक्तिको तत्काल उपचार र जीवन रक्षाका लागि दाङको लमहीमा आधुनिक र सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको थालनी गर्न ५ करोड विनियोजन भएको छ ।

स्थानीय तहसँगको लागत सहभागितामा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्न ५ करोड रुपैयाँ विनियोजन भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई जैविक सुरक्षा तह २ मा स्तरोन्नतिका लागि भौतिक संरचना निर्माण गरिने र विभिन्न अस्पतालहरूमा सञ्चालनमा रहेका प्रयोगशालाहरूको क्षमता विकास गरी थाइराइड, लिपिड प्रोफाइल लगायत वायोकेमेष्ट्री परीक्षण सेवा प्रदान गर्नका लागि १ करोड ७५ लाख बजेट विनियोजन भएको छ ।

क्यान्सर रोगको निदान, नियन्त्रण तथा रोकथामका कार्यक्रम कार्यान्वयन गर्न ५० लाख बजेट विनियोजन भएको छ । प्रसुती सेवा विस्तारका अतिरिक्त नवजात शिशुहरूको स्वास्थ्य परीक्षण गरी जन्मजात रोगहरूको पहिचान गर्नुका साथै मातृ तथा शिशु रुग्णता र मृत्युदरमा कमी ल्याउने कार्यक्रमका लागि ६ करोड २७ लाख विनियोजन भएको छ । ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरघरमा उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिन १ करोड ९८ लाख विनियोजन भएको छ ।

विपन्न समुदायका नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा मृगौला डाइलाइसिस गर्दा आवश्यक पर्ने इरेथ्रोपोएटिन इन्जेक्सन खरिदमा ५० प्रतिशत छुट दिन १ करोड बजेट विनियोजन भएको छ । कोभिड १९ ले सिर्जित परिस्थितिबाट पाठ सिक्दै स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमता विकास कार्यक्रमका लागि २ करोड ३७ लाख विनियोजन भएको छ ।

प्रदेशमा स्वास्थ्यसम्बन्धी आवासीय तालिम उपलब्ध गराउन रूपन्देहीको देवदहमा स्वास्थ्य तालिम केन्द्रको पूर्वाधार विकासको लागि विस्तृत परियोजना प्रतिवेदन तर्जुमा गर्न बजेट व्यवस्था गरिएको छ । बाँके र कपिलवस्तुका आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि १ करोड ५० लाख विनियोजन भएको छ । स्वास्थ्य महामारीलाई सामना गर्नसक्ने जनशक्तिको दिगो आपूर्तिका लागि बर्दिया अस्पताललाई स्टाफ नर्स, मिडवाइफजस्ता मेडिकल प्राविधिक उत्पादन गर्ने संस्थाको रुपमा विकास गर्न १ करोड विनियोजन भएको छ । स्वास्थ्य उपकरणहरूको मर्मत सम्भार गर्ने जनशक्तिको उत्पादन गर्नका लागि रुपन्देहीको शिक्षा तालिम केन्द्रको परिसरमा बायोमेडिकल उपकरण प्राविधिक विद्यालय स्थापना गरी बायोमेडिकल इन्जिनियरिङमा डिप्लोमा कोर्स सञ्चालनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवाहरूको पहुँच वृद्धिका लागि जिल्लास्थित अस्पतालहरूमा दन्त सेवा, आँखा उपचार सेवा र फिजियोथेरापी लगायतका सेवा विस्तार गर्न ८ करोड ३० लाख विनियोजन भएको छ ।प्रदेश र स्थानीय तहको लागत साझेदारी हुने गरी बाँकेको नरैनापुर र दाङको हापुरेमा रहेका स्थानीय तहमा स्वास्थ्य संस्थाको संरचना निर्माण र सेवा विस्तारको लागि ३ करोड वजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline