Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनमा ल्याउन तरुण दल पर्साको माग


ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनमा ल्याउन तरुण दल पर्साको माग

रंजित चौरसिया
पर्साको ग्रामिण क्षेत्रलाई जोडने तिलावे पुल संचालनको माग गर्दै नेपाल तरुण दल पर्साले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाको नेतृत्वमा रहेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन । सचिव चौरसियाद्वारा हस्ताक्षरित बुझाईएको ज्ञापन पत्रमा पर्साको सदरमुकाम वीरगंज संग जोड्ने हुलकी राजमार्ग अतिनै सम्बेदनशिल तिलावे नदी पुल बिगत ६ बर्ष देखि पप्पु कन्स्ट्रक्सनले ठेक्का पारी पुल निर्माणमा चरम लापरबाही गरि पुल अलपत्र बनाएको तथा बैकल्पिक बाटो प्रयोग गरि आवतजावत तथा समानहरुको दुवानी गर्न निकै समस्या भईरहेको जनाईएको छ । पुल पारी पश्चिम तर्फ रहेको सम्पुर्ण उधोगधन्दा तथा जनजीवन नराम्रो संग प्रभावित भएको प्रति नेपाल तरुण दल पर्साको गम्भिर ध्यानाकर्षण भएको भन्दै आज ज्ञापनपत्र बुझाएका छन् ।
पानी पर्दा बैकल्पिक बाटो समेत ठप्प हुने गरेकोले त्यहाँको चालू अवस्थामा पुरानो पुललाई ठेकेदारले ६÷७ महिना देखि तिलावे पुलबाट आवतजावत बन्द गरेकोले त्यस ठाउँका स्थानियको जीवन कष्टकर बन्दै गएको छ । केही दिन भित्र बर्षाऋतु सुरु हुने भएकोले पुलको बैकल्पिक बाटो अचानक गत बर्ष झै खोलाले बगाइ यातायात बन्द हुने अवस्था सृजना भएकोले समय मै पुरानो पुल चाडै सञ्चालन गर्न गराउन भनि स्थानीय प्रशासनलाई नेपाल तरुणदल पर्साले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ ।
निर्माणधिन पुललाई समय सिमा भित्र निर्माण पूरा गर्न गराउन एक साता भित्र पुरानो पुललाई ब्यवस्थित गरि सन्चालनमा ल्याउन र सन्चालनमा नल्याए सास्ती खेपेका त्यस ठाउँका बासिन्दा, ब्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नु पर्ने स्थिति सृजना हुने भएकोले जनताको अधिकार तथा आवतजावतको सुबिधालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्साले कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा तरुण दलका अनिल यादव, फर्णिन्द्र पटेल, मिकु सिंह, राज उपनेश चौरसिया, जङ्ग बहादुर पटेल, बिकाश तिवारी, केसव मिश्रा, साबिर हुसेन लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

हर्मोन गडबडी हुने समस्या छ ? दैनिक खानुस् यी खानेकुरा

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

कपिलवस्तुमा लागु औषधसहित एक जना पक्राउ

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

शिवरात्रिमा पशुपतिमा २० लाख दर्शनार्थी आउने अनुमान, व्यवस्थापनका लागि ८० लाख रुपैयाँ विनियोजन

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

ताजा समाचार

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

पढाई निजी बिद्यालयमा,भर्ना र जाँच सरकारी बिद्यालयमा ।

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

बा’आमाले घरमै भेटेका ‘सेता मान्छे’

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

धोबी भ्रम फैलाउदै एक लाख नपाएको झोकमा शिवराजको खेदो

दस केजी चरेस सहित दुई जना पक्राउ

दस केजी चरेस सहित दुई जना पक्राउ

शिवराजमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने, गरे कारबाही हुने

शिवराज नगरपालिका एक्सनमा

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

मेचीमहाकाली साइकल यात्रीलाई चन्द्रौटामा स्वागत

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline