अर्जुन बेल्बासे, चन्द्राैटा
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले कृषकलाइ जिल्लाको शिवराज नगरपालीका वडा न ३ भित्रका किसानलाई ६० प्रतिशत अनुदानमा कृषि औजार र सिंचाइका सामाग्री उपलव्ध गराएको छ ।
चालु आर्थिक वर्षमा वडाले बिनियोजन गरेको ५ लाख रुपैँयामा वडा भित्रका ४७ जना कृषकलाई सिचाई सामाग्री र घाँस काट्ने मेसिन बितरण गरिएकाे अध्यक्ष टेकलाल सापकोटाले बताए । वडाकाे ६० प्रतिशत लगानी र कृषकको ४० प्रतिशत लगानीमा सामाग्री वितरण गरिएकाे सापकोटाले बताए ।
वडा भित्रका वास्तविक किसानले सामाग्रीहरु पाएका हुँदा कृषकले उत्पादन बढाउने र आर्थिक स्थितिमा सुधार भइ जिवन स्तर उकासीने नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले अब देशमा कृषिमा क्रान्तीकाे आवश्यकता रहेको बताए ।
अहिले तिनवटै सरकारले प्रमुख प्रथामिकता कृषि रहेकाे अधिकारले बताए । अब आगामी वर्षकाे याेजना छनाेटमा शिवराजकाे पहिलाे प्रथामिकरणमा कृषि र कृषक पहिलाे छनाेटमा पर्ने बताए ।
शिवराज नगरपालिका भित्र आयमूलक कृषि खेती पशुपालनमा युवाहरुकाे आर्कषण बढदै गएकाे र राम्राे आमदानी बढदै गएकाे छ । नगरकाे राम्राे काम प्रति किसानहरु खुसी व्यक्त गरेका थिए । सामाग्री वितरण कार्यक्रमम घाँस काट्ने मेसिन २७ थान, सिचाईको लागि पानी तन्ने १५ थान मोटर र ५ थान पम्पसेट वितरण गरेको छ ।