काठमाडौं
सार्क राष्ट्रमा नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति सबैभन्दा राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस संक्रमणको तथ्यांक अपडेट गर्दै आएको वर्ल्डमीटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्याण्ड भन्दा अगाडि रहेको देखाएको छ ।
वर्ल्डमीटरका अनुसार प्रति १० लाख जनसंख्यामा नेपालले ९ हजार ७४५ जनाको कोरोन परीक्षण गरिहेको छ जुन सार्क राष्ट्रका अरु ६ देशको भन्दा धेरै छ ।
जबकी छिमेकी देश भारतमा १० लाख जनसंख्यामा ३ हजार ६७० जनाको परीक्षण भएको छ त्यहाँ २ लाख ८७ हजार १५५ जनामा कोरोना पुष्टि भइसकेको छ भने ८ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो ४ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण नेपालमा १५ जनाको मृत्यु भएको छ भने ४ हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ ।
हाल नेपालमा दैनिक ४ हजार ५ सय देखि ५ हजार पीसीआर परीक्षण भइरहेको छ । १ लाख १५ हजार ९३० को परीक्षण भएको छ ।