एजेन्सी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आफ्नो वेबसाइटमा आधिकारिक स्टेटमेन्ट जारी गर्दै कोरोनापछि सुरु हुने क्रिकेट प्रतियोगिताका लागि चार नियम परिवर्तन गरेको छ ।
आईसीसीका कार्यकारी प्रमुखले अनिल कुम्बलेको अध्यक्षता रहेको क्रिकेट कमिटीद्वारा दिएको चार नियम परिवर्तन गर्ने सुझावलाई स्वीकार गरेका छन् । आईसीसीले यी नियमलाई स्थायी रुपमा घोषणाा गरेको बताइएको छ ।
खेलाडी परिवर्तन
टेस्ट खेलका दौरान यदि कुनै खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिए, उनको स्थानमा अर्को खेलाडी परिवर्तन गर्न पाउनेछ । यसका लागि म्याच अम्पाइरले अनुमति दिनेछ ।
तर, आईसीसीले यो स्पष्ट पारेको छ कि यो नियम टेस्ट क्रिकेटमा मात्र लागु हुनेछ । जसमा ब्याट्सम्यानको स्थानमा ब्याट्सम्यान र बलरको स्थानमा बलरलाई नै परिवर्तन गर्नुपर्नेछ ।
बलमा थुक लगाउन नपाउने
कुनै पनि खेलाडीले बल चम्काउनका लागि थुक लगाउन पाउने छैनन् । यदि लगातार यस्तो गरेको भेटिएमा टोलीलाई चेतावनी दिइने छ । हरेक टिमलाई प्रति इनिङमा दुई पटक मात्र चेतावनी दिइनेछ । तर, यसपछि पनि थुकको प्रयोग गरेको पाइए, ब्याटिङ गर्ने टोलीलाई ६ रन बोनस दिइने छ ।
घरेलु अम्पायर राख्न पाउने
आईसीसीले अम्पायरलाई लिएर पनि नियको परिवर्तन गरेको छ । अब खेलमा घरेलु अम्पायर राख्न पाइने भएको छ । आईसीसीले यस नियमलाई कोरोना भाइरसका कारण विदेश यात्रामा लागेको रोकका कारण परिवर्तन गरेको जनाएको छ । आईसीसीले घरेलू अम्पायरलाई खेलका लागि नियुक्त गर्नेछ ।
डीआरएस रिभ्यु
आईसीसीले यस नियमलाई पारीत गरेको छ कि प्रत्येक टिमलाई खेलको प्रति पारीमा अतिरिक्त डीआरएस रिभ्यू गर्न पाइने छ । आईसीसीका अनुसार टेस्ट खेलमा हरेक टोलीलाई तीन र एकदिवसीय र टी–ट्वान्टी फर्मेटको खेलमा प्रति टीमलाई दुई रिभ्यु गर्न पाइने छ ।