Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अन्तिम परीक्षाको आधारमा विद्यालयले मूल्याङ्कन गरि ग्रेड निर्धारण गरिने


अन्तिम परीक्षाको आधारमा विद्यालयले मूल्याङ्कन गरि ग्रेड निर्धारण गरिने

काठमाडौँ,

सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता गरी यस पटक पुरानो परिपाटी अनुसार एसईई परीक्षा नलिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले लिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी तथा विद्यालयहरुमा क्वारेन्टाइन बनाइएका कारण परीक्षा लिन नसकिएको उल्लेख गर्नुभयो । यो अवस्थामा विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षाको आधार मान्ने निर्णयमा सरकार पुगेको उहाँले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर यस पटकका लागि एसईईको परीक्षाको निकास निकालिने भएको छ ।

सरकारको निर्णयपछि अव विद्यालयले नै विद्यार्थीको एसईईको मूल्याङ्कन गरी ग्रेड समेत निर्धारण गर्ने बाटो खुलेको छ भने पुरानो परिपाटीबाट परीक्षा नहुने स्पष्ट भएको छ । तत्काल एसईई परीक्षा सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले परीक्षा लिने पुरानो परिपाटीमा परिवर्तन गरेको हो । सरकारको यो निर्णयसँगै एसईई परीक्षाका बारेमा लाखौँ विद्यार्थी तथा अभिभावकमा रहेको अन्यौल हटेको छ ।
यस विषयको प्रस्ताव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबारको मन्त्रिपरिषद्को बैठकमा लगेको थियो । यसअघि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि चैत ६ गतेबाट सञ्चालन हुने गरी तयारी गरिएको एसईई परीक्षा चैत ५ गते रोक्ने निर्णय गरिएको थियो ।
यसपटक झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए । परीक्षाका लागि एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको थियो भने प्रश्नपत्र समेत सम्वद्ध स्थानमा पुयाइएको थियो । तर अन्तिम समयमा आएर परीक्षा रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline