विजयनगर,कपुरी अनलाइन
विजयनगर गाँउपालीका वडा न ३ मा निमार्ण गरिएको पि.पि.सी ढलानमा अध्यक्ष र सचिवले अनियमिता गरेको र आफनो बदनामी भएको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष दुर्गावती रैदास विजय नगर गाँउपालिकाको न्यायिक समितिमा न्यायका लागि २०७७ साल जेष्ट महिनाको १५ गते निवेदन दिएको बताइन् ।
विजयनगर गाँउपालिकाले आर्थिक वर्ष ७६÷७७ को लागि वडा न ३ मा पि.पि.सी ढलानका लागि रु ८ लाख विनियोजन गरेको थियो । सो निमार्ण कार्य सम्पन्न गर्न अध्यक्ष हजारी कोरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको हो ।
कोषाध्यक्ष रैदासले अध्यक्ष हजारी कोरी र सचिव गंगाराम बढईले ढलानमा १ लाख ६० हजार कोरी र बढईले हिनाबिना गरेको आरोप लगाइन् । रैदासले भौतिकपुर्वाधारको काम हुदा आफनो श्रीमानले लेबर काम गरेको र काम गरे वापत १६ हजार रकम पाएको उनले बताईन् । विबाद बढदै गए पछि न्यायिक समितिको बैठकमा अध्यक्ष र सचिवले ४८ हजार रुपैया बढेको स्विकार गरेका थिए ।
यस विषयमा वडा न ३ का अध्यक्ष बुद्धि अर्यालले कपुरी अनलाइन संगकुरा गर्दा आफुलाई यो विषय फेसबुक मार्फत जानकारी भएको बताए । उपभोक्ता समितिलाई पत्र मार्फत छलफलका लागि बोलाएको अर्याले बताए । वडाको छलफलमा कोषध्यक्ष नआएको अर्याले गुनासो गरे ।
वडाको छलफलमा अध्यक्ष र सचिवले सिमेन्ट र बालुवा खरिदमा आफुहरुले पैसा बचाएको र बाडेर लिएको बताए ।
विकाश निमार्णको काम गर्दा हामले ४८ हजार रकम बचत गरेको र १६ हजारको कोषाध्यक्षको श्रीमानलाई दिएको बताए । यसरी रकम बचत गरेर बाढनु गलत भएको अर्यालले उपभोक्ता समितिलाई सुझाव दिएको बताए ।
अर्याले यस विषयम पटक,पटक उपभोक्ता समितिलाई छलफलमा बोलाए पनि कोषध्यक्ष रैदास नआएको र न्याय समितिमा निवेदन दिएको अर्यालले बताए । उपभोक्ता समितिका अध्यक्ष हजारी कोरी संग अनिमिताको विषयमा कुरा बुझदा आफुलाई यो विषयमा थाह नभएको र सबै कुरा कोषध्यक्षलाई जानकारी रहेको बताए ।
यस विषयमा कपुरी अनलाइन संग कुरा गर्दै विजय नगर गाँउपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले मुखले बोलेर नहुने अनियमितताको प्रमाण चाहिने बताइन् । उनले यो विषयमा सत्य तथ्य छानबिन गर्नका लागि प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईलाई निर्देशन दिएको र केही दिनमा टुङ्गो लगाइने बताइन् ।
पि.पि.सी ढलानको विषयमा वडा ३ का ओभर सेयर राम सेवक चमारले अनियमिता बारे मलाई थाह नभएको र काम स्टेमेट अनुसार पि.पि.सी १३४ मिटर ढलान भएको बताए । कसरी पैसा बच्यो भन्ने विषयमा जिज्ञासा राख्दा गाँउपालिकाले स्टेमेटमा सिमेन्टको दर ६०० रुपैया र बालुवा ९९० रुपैया घन मिटर रहेको र उपभोक्ता समितिले गिट्ट,बालुवा,छड र सिमेन्टमा पैसा बचाएको हुन सक्ने बताए ।
काम सम्पन्न भइ सके पछि अध्यक्ष,सचिव,कोषाध्यक्ष र अनुगमन समितिको बीच विवाद बढदै गएकोले र कोषाध्यक्ष दुर्गावती रैदासले आफनो बदनामी हुने डरले स्थानिय गाउलेहरुलाई हिसाब पार्दशिता गर्न गुहार ल्गाएको समाजसेवी रामनिवास पुरीले बताए । पुरीले सम्पुर्ण गाँउलेहरुको अगाडी १ लाख ६० हजार बचत भएको स्विकार गरेका थिए तर पछि गएर ४८ हजार मात्र बचेको बताएका छन । पुरीले गाँउपालिकाले स्टेमेट गर्दा बढी,बढी रकम हालने र मिलिजुली खाने परिपाटीको विकाश भएकोले गलत सन्देश गएको बताए ।