राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण
तौलिहवा
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको बताएका छन।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीसंगै ६५ जनाको स्वाब संकलन गरिए मध्ये उनलाई मात्र कोरोना देखिएको जनाइएको छ । जिल्लाको १० वटै स्थानीय तहमा फैलिएको कोरोनाका संक्रमित आइतबार दिउँसोसम्म ५ सय २३ पुगेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























