Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

मनोरञ्जनका लागि नभई आवश्यकताका भएकाेले प्रमाणपत्र जारी गरेकाे सन्धीखर्क नगरपालिका


मनोरञ्जनका लागि नभई आवश्यकताका भएकाेले  प्रमाणपत्र जारी गरेकाे  सन्धीखर्क नगरपालिका

अर्घाखाँची

सामाजिक सञ्जालमा शुक्रबारदेखि ‘कोरोना परीक्षण प्रमाणपत्र’ भाइरल छ। कहाँ, कसले दियो प्रमाणपत्र भन्नुहोला! कुरा प्रदेश नम्बर ५ को अर्घाखाँची सन्धिखर्क नगरपालिकाको हो।

यो नगरपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षण गर्दै नेगेटिभ आएकोलाई प्रमाणपत्र थमाएर घर पठाएको छ।

‘भारतबाट फर्कनेको चाप थेगिसक्नु छैन,’ नगरपालिकाका कार्यकारी अधिकृत जीवन ज्ञवालीले  भने, ‘१४ दिन क्वारेन्टाइन बसेकालाई आरडिटी गर्दै नेगेटिभ आएमा घर पठाइएको हो।’ घर पठाउनुअघि परीक्षण गरी क्वारेन्टाइनमा बसेको प्रमाणपत्र वितरण गरिएको उनले बताए।

‘भारतबाट दिनहुँजसो मानिसहरू आइरहेका छन्। नगरभित्र जम्मा १८ वटा क्वारेन्टाइन छ,’ उनले भने, ‘पिसिआर सम्भव नभएपछि आरडिटी जाँच गरिएको छ।’  पिसिआर नगरपालिकाले गर्न नसक्ने बताउँदै उनले गर्नै पर्ने देखिएमा स्वाब संकलन गरी प्रयोगशालामा पठाउने जानकारी दिए।‘हामीले आरडिटी परीक्षण गर्न सकिन्छ।

पिसिआर गर्नै पर्ने भए स्वाब संकलन गरेर प्रयोगशाला पठाउने हो। पिसिआरको रिपोर्ट आउन २० दिनजति लाग्छ। १४ दिन क्वारेन्टाइन बसेका मानिसहरू थप २० दिन बस्न मान्दैनन्,’ ज्ञवालीले थपे।

“कोरोना परीक्षण प्रमाणपत्र किन दिइयो त ? कार्यकारी अधिकृत ज्ञवालीले क्वारेन्टाइनमा बसेका मानिस गाउँ फर्कंदा घृणा नहोस् भनेर परीक्षणको प्रमाणपत्र दिएकाे  हाे मनोरञ्जनका लागि हाेइन”

 

‘क्वारेन्टाइनमै बसेका मानिस पनि आफ्नो गाउँ जाँदा घृणा गर्नेजस्तो वातावरण देखिएका छन्। त्यस्तो नहोस्, कम्तिमा क्वारेन्टाइन बसेको र आरडिटीमा नेगेटिभ आएको प्रमाणपत्र व्यक्तिको हातमा भए त्यो सुरक्षित हुन्छ भन्ने लागेर प्रमाणपत्र दिइएको हो,’ उनले  भने।

आफूहरूले दिएको प्रमाणपत्र सामाजिक सञ्जालमा भाइरल बनाइएकोप्रति लक्षित गर्दै उनले मनोरञ्जनका लागि नभई आवश्यकताका आधारमा ती प्रमाणपत्र जारी गर्नुपरेको बताए।

‘गाउँमा लुकीछिपी पनि मानिसहरू भित्रिरहेका छन्।  को क्वारेन्टाइन बसेर आएको को क्वारेन्टाइन नबसेको भन्ने चिन्न सजिलो होस् भनेर पनि प्रमाणपत्र दिइएको हो,’ उनले थपे।

गाउँ पुग्ने बाटोमा गौडा छेक्नेहरू र तगारो लगाउनेहरूले उक्त प्रमाणपत्र हेर्ने उनले बताए।

‘आरडिटीमा नेगेटिभ देखिएका एक सय ७१ जनालाई शुक्रबार प्रमाणपत्रसहित घर पठाइएको छ,’ उनले भने, ‘आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखिएको छ। उनीहरूको स्वाब संकलन गरी पिसिआरका लागि प्रयोगशाला पठाउँछौं।’

आरडिटी नेगेटिभ आएपछि प्रमाणपत्र लिएर गाउँ फर्केकाहरू अबको एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।

‘गाउँ गएर समुदायमा घुलमिल हुन पाइँदैन। एक साता घरमै कोठामा सुरक्षित बस्नू, लक्षण देखिए खबर गर्नू भनेका छौं,’ उनले भने।

नगरपालिकामा भारतबाट आएका छ सय २४ जना क्वारेन्टाइनमा राखिएको थियो। ‘क्वारेन्टाइन व्यवस्थापन गर्ने विषय पनि गाह्रो रहेछ। खाने, बस्नेलगायत सामान्य सुविधा दिन पनि हम्मेहम्मे परेको छ,’ उनले भने, ‘१४ दिन कटेकालाई त्यही भएर आरडिटी गर्दै घर पठाउनुपरेको हो।’

उनले प्रमाणपत्र छपाइमा नगरपालिकाको धेरै खर्च पनि नलागेको बताए। ‘एउटा प्रमाणपत्र छाप्न २ रूपैंया लागेको होला। नगरपालिकाकै प्रिन्टरले छापेको हो,’ उनले थपे, ‘सामाजिक सञ्जालमा कमेन्टहरू पढें, खर्च किन गरेको भन्ने प्रश्न पनि उठेका रहेछन्। धेरै खर्च भएको छैन।’

उनले प्रमाणपत्र भाइरल गर्नुअघि नगरपालिकासँग सत्यतथ्य बुझेको भए राम्रो हुने थियो भनेका छन्।

‘सामाजिक सञ्जालमा प्रमाणपत्र राखेर मनोरञ्जनका गर्नेका पछि लागेर साध्य लाग्दैन,’ उनले भने, ‘वास्तविकता के हो भन्ने बुझ्नुपर्‍यो। असल मनसायले हामीले प्रमाणपत्र दिएको हो, भाइरल बनाउन होइन।’

श्राेत– सेताे पाटी

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline