Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेपालमा कोरोना सङ्क्रमण बाट मृत्यु हुने सङ्ख्या ११


काठमाडौँ 

नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हिजो २२ गते मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए ।

प्रवक्ता डा देवकोटाले दिनुभएको जानकारी आनुसार मृतक पुरुष यही जेठ ८ गते भारतबाट फर्किएर १४ दिन सम्म स्थानीय क्वारेन्टाईनमा बसेका थिए ।

क्वारेन्टाईनमा रहँदा सम्म संक्रमणको कुनै लक्षण नदेखिएको र आर डि टि परीक्षणमा समेत संक्रमण नदेखिएपछि घर फर्किएको र सोही दिन मृत्य भएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी आज थप २ सय ७८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका ८ जना, मोरङका ६ र झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परीक्षणमा रुपन्देही सैनामैनाका १८ जना, नवलपरासीका २ जना, अर्घाखाँची र पाल्पाका १–१ जना, किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र बाराका २–२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १३ जना, भोजपुरका ५ जना र झापाका १ जना, सेती अस्पतालमा गरिएका परीक्षणमा कैलालीका ४ जना, डडेलधुराका ५ जना, अछाम र बझाङका १–१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणम रामेछापका १७ जना र काभ्रेका ५ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणम दैलेखका ९० जना, जुम्लाका ३ जना, तथा हुम्ला, दोलखा, रामेछाप र गोरखाका १–१ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सुर्खेतका १–१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जना, धनुषाका ४जना तथा कास्की, गुल्मी र बाराका १ –१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल सम्म ६८ जिल्लाका २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हाे ।

यसैगरी आज थप ४३ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म जम्मा ३ सय ३३ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

आज विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाट ३ जना, कोशी अस्पताल विराटनगरबाट २७ जना, सुशिलकोरइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पताल बाट १३ जना गरी जम्मा ४३ जना कोरोना संक्रमण मुक्त भइ घरफर्किएको मन्त्रालयले जनाएको छ ।

हाल सम्म २ सय ७२ जना पुरुष र ६१ जना महिला कोरोना भाईरसको संक्रमण मुक्तभई घर फकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायाे

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

आगलागी परी पूर्ववडाध्यक्षको मृत्यु

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline