कपिलवस्तु
कपिलवस्तुमा शुक्रबार थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
जिल्लाको दुई पालिकामा कोभिड १९ का संक्रमित थपिएका हुन् ।जसमा महाराजगञ्ज नगरपालिकामा १५ जना भेटिएका मध्ये दुई जना महिला रहेका छन । यता यशोधरामा २९ जना संक्रमित थपिएका छन ।
उनीहरु सबै पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यो संगै जिल्लामा कूल संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।