चन्दाैटा
कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार नगरका ७ वडाका तीन जना महिलासहित १५ जनामा कोरोना देखिएको चुडामणी भट्टराईले बताए । जसमा वडा नं ३ का २०, २३ र २४ बर्षीय तीन जना पुरुष रहेका छन । यस्तै वडा नं. ४ का १८ र ४२ बर्षका दुई पुरुष रहेका छन । वडा नं. ५ का २४ र २८ बर्षका दुई महिला र २१ र ३० बर्षमा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ६ का १९ बर्षीया १ महिलामा पनि कोरोना देखिएको छ । वडा नं. ८ का २८ बर्षीय एक जना पुरुष, वडा नं. १० का १७ बर्षीय एक जना पुरुष पनि संक्रमित भएका छन । यसैगरी वडा नं. ११ का १७, २३ र २९ बर्षीय तीन जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । मंगलबार नै वाणगंगा र महाराजगञ्जका एक एक जनामा कोरोना पुष्टि भएको छ ।