कपिलवस्तु,दिपक खड्का
नेपाल सरकारले प्रतिनिधि सभामा प्रस्तुत आर्थिक वर्ष २०७७ को वार्षिक बजेट प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्यसमितिको ध्यानाकर्षण भएको विज्ञेप्तीमा जनाएको छ ।
साथै निजि विद्यालय संग साझेदारीमा सार्वजनिक शिक्षलाई कमजोर बनाउने खेल प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष रमेश पन्थीको हस्ताक्षर सहित जारी गरिएको विज्ञेप्तीमा उल्लेख गएिको छ ।
सरकारले शिक्षामा गर्न खोजेको व्यापारी करण प्रति संगठनले आपति जनाएको छ । प्रारम्भिक बालविकाश शिक्षमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरुको न्युनतम पारिश्रमिक सरकार आफैले शिक्षानिति २०७६ मा अख्तियार गरेको नितिको समेत वेवास्ता गरी प्रस्तावित बजेट नेपाल सरकारले ल्याएको पन्थीले बताए ।
विज्ञेप्तीमा श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ अनुसार बजेट विनियम गर्न संगठनले जोडदार माग गरेको छ ।