चन्द्राैटा
शिवराज नगरपालिकामा संचालन रहेकाे कोरोना महामारी नियन्त्रणका लागि बिपत्त कोषमा सुर्योदय लघुवित्त वित्तिय संस्थाले १० हजार आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरसकाे कारण शिवराज नगरपलिका बढी प्रभावित भएको भन्दै उक्त सहयोग गरेको संस्थाका संचालक शरद अधिकारीले बताए ।
नगरपलिकाका नगर प्रमुख नेत्रराज अधिकारीलाई संस्थाका संचालक शरद अधिकारी र शाखा प्रमुखले संयुक्त रुपमा चेक हस्तानतरण गरेका थिए ।
आर्थिक सहयोग बुझदै नगरप्रमुख अधिकारीले लघुवित्तिय संस्थाले महामारीकाे समयमा सामाजिक काममा सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
चेक हस्कातान्तरण कार्यक्रममा टोपलाल पोखरेल,शाखा प्रमुख सुस्मा चाैधरी, पत्रकार सिताराम चौधरी र प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलको उपस्तिथि रहेको थियो ।
संस्थाले प्रदेश न ४,५ र ६ मा आफ्ना शाखा रहेका स्थानिय तह गाउपालिका वा नगरपालिकालाइ सहयाेग गरेकाे अधिकारीले बताए ।