Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

सुरुमा एक्लै बस्नुपरे अहिले पत्रकार साथी


‘मम्मी बाबाले चिन्ता लिनु हुन्छ, तर म ढुक्क छु,उहाँहरुलाई फोनबाट सम्झाउँछु, कोरोनालाई जितेर आउँछु,’  कपिलवस्तुकी ८ वर्षीय कोरोना संक्रमित बालिकाले फोनबाट आफ्ना अभिभावकहरुलाई सम्झाउँदै भन्छिन्।

डाक्टर बन्ने लक्ष्य लिएकी ती बालिकामा कोरोना जित्ने आत्मविश्वास बढेको छ। उनले फोन मार्फत कुरा गर्दै बुवा आमामा रहेको डर यसरी नै हटाउने गरेकी छन्।  कक्षा ३ मा अध्ययनरत उनी वाणगंगा नगरपालिका ४ की हुन्। उनी आफ्नी साथीसँग खेल्दा संक्रमणमा परेकी थिइन्।

फोटो भिष्मराज भुषालकाे वाल वाट

 

 

उनको मिल्ने साथी उपचारका लागि शिक्षण अस्पतालमा जाँदा उनमा कोरोना संक्रमण भएकाे थियाे। उनीसँग नजिक भएपछि स्वाब संकलन गरिएकाे थियाे। नतिजा आउँदा टोलभरिमा उनीमा मात्र काेराेना भएकाे पाइएकाे थियाे।  बुटवलमा रहेको एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा अहिले उनी उपचाररत छिन्। उनको स्वास्थ्य अवस्था ठिक रहेकाे चिकित्सकहरुले बताएका छन्।  पत्रकारले स्याहार गर्छिन् बालिकालाई  ‘सुरुमा उनी एक्लै बस्नुपरेको थियो। एक्लै हुँदा रुने गरेकी थिइन । ४ दिनअघि मसँग भेट भयो ।  अहिले साथी जस्तै भएकी छन्।

फोटो भिष्मराज भुषालकाे वाल वाट

म यहाँ आएपछि एउटै कोठामा बसियाे। उनलाई आमाले जस्तै गरी स्याहार गर्ने गरेकी छु,’ कोरोना संक्रमित पत्रकार चौधरीले बताइन्।  बुद्धआवाज संचारगृहमा काम गर्ने उनमा समाचार संकलन क्रममा कोरोना संक्रमण भएको थियो। अहिले ती बालिकासँगै उनी बसेकी छिन्।

चौधरीले ती बालिकाको हेरविचार र स्याहारसमेत गर्ने गरेकी छन्। उनले बालिकाको कपडा धुने , कपाल कोरिदिने, कसरत गराउने नुहाउनमा सहयोग गर्ने गरेकी छन्। बालिका बिहान ७ बजेतिर उठ्छिन्। ‘हात मुख धुन लगाउँछु, ब्रस गरेपछि एकछिन सँगै मर्निङ वाक गराउँछु’, पत्रकार थारु बताउँछिन्, ‘जबदेखि म आएँ, उनको आखामा आाँसु आउन दिएको छैन। उनले मलाई अन्टी भनी बाेलाउँदा खुसी लाग्छ,’ थारुले बताइन्। संक्रमित पत्रकार र बालिका एकै नगरपालिकाका हुन्। तर घर भने फरक फरक ठाउँमा हो। दुवै पहिल्यैदेखि भने चिनजानका भने थिएनन्। कोरोना संक्रमणपछि संयोगले उनीहरुकाे भेट भएकाे हाे।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

बाँके जिल्ला कारागार जीर्ण

बाँके जिल्ला कारागार जीर्ण

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

सुरक्षा माग्दै गृह मन्त्रालय पुगे आन्दोलनरत शिक्षक

आज विश्व अल्जाइमर्स दिवस

आज विश्व अल्जाइमर्स दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline