कपिलवस्तु,राम शरन रैदास

कपिलवस्तु जिल्लाका महाराजगंज नगरपालिका वडा नं. २ उनवलिया गाउँमा बस्ने एक १३ बर्षिय बालिका शिक्षक द्धारा गएको मंगलवार रातीमा बालत्कृत भएका छिन ।
महाराजगंज नगरपालिका वडा १ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय औराहामा पढाउने शिक्षक ३५ बर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार रहेका छन ।

लोहार विवाहित र  छोराछोरीका बुवा समेत हुन । शिक्षक लोहारले गएको मंगलवार राती करिब ८ बजे बालिकालाई घर बाट तानेर मुख छौपी घरको पछाडी बैगचामा लगी बलात्कार गरेको हो । सोही छेरुमा कोरेन्टाइनमा रहेका ब्यक्तिहरु अवाज सुने गुहार गरेर जादा गाउँका समेत ब्यक्तिहरु घटना स्थानमा पुगेका थिए ।

जबरजस्तीकारणी गरेका गोरख लोहारलाई  केही व्यक्ती मिली फरार गराएको  परिवारले आरोप लगाएका छन ।  पिडित बालिकाका परिवारले प्रहारीलाई त्यस घटना बारे जानकारी गराएको थियो ।
घर पछाडी अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको ईलाका प्रहारी कार्यालय महाराजगंज बाट प्रहारी पुगे पछि चेकजाँचका लागी बहादुरगंज  लगिएको थियाे।

लोहारको धेरै जना परिवार रहेकोले उल्टै उक्त पिडित परिवार र समुदायका केही जनालाई झैझगडा कुटपिटेका समेत रहेका छिमेकीले जानकारी दिएका छन । पिडित बालिकाको तर्फबाट करणी उद्योगमा जाहिरी दर्ता ईलाका प्रहारी कार्यालय चन्दौटामा दर्ता भई सकेको  वडा प्रहारी कार्यालयका प्रमुख दिपेश खारेलले बताए ।