राष्ट्रिय युवा संघ,नेपाल कपिलवस्तुमा स्वंयम सेवकाेरुपमा परिचालन हुने
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले प्रेस विज्ञेप्ती जारी गर्दे स्वंयम सेवकको रुपमा स्थानियतह संग हातेमालो गरि परिचालन हुन तयार रहेको संयोजक विजय कुवरले जारी विज्ञेप्तीमा भनिएको छ ।
विश्वमा महामारी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा विभिन्न जिल्ला हुदै यस कपिलवस्तु जिल्लामा पनि फैलिदो क्रममा छ । यस वाट संक्रमित सम्पुर्णको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।
विगतका वर्षहरुमा विपत व्यवस्थापनमा क्रियाशिल रहेकाे र कोरोना विरुदको महामारीमा नेपाल सरकार र स्थानिय सरकार संग सहकार्य गरि काम गर्न आफहरु तयारी अवस्थामा रहेको सह संयोजक कृष्ण कार्कीले कपुरी अनलाइनलाई बताएका छन ।
राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले स्वंयम सेवकको रुपमा सामाजिक दुरी कायम गरि कोरोना महामारीमा खट्न सम्पुर्ण लाई आहवान गरेको काकीले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















