चन्द्राैटा
शिवराज नगरपालिका वडा न २ मा स्थायीरुपमा बस्दै आएका बच्चुलाल थारुले १० कट्टामा तरकारी लगाएका छन । लकडाउनको समयमा खेत वाट तरकारी विक्री वितरण भई रहेको उनले बताए ।
रोजगारीको शिलशिलामा धैरे वर्ष गई काम गर्दे आएका थारु अहिले तरकारी खेतीमा रमाएका छन । शिवराज नगरपालिकाको सहयोगमा तरकारी खेती तालिम पाए पछि तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।
उनले १० कट्टामा टमाटर,काक्राे,भिन्डी,लौका र बौडी खेती गरेका छन । कृषि शाखा वाट तालिममा सहभागी भए पछि वडा न २ का धैरे जसो युवाहरु तरकारी खेती गर्दे आएको वडा न २ का वडा सदस्य प्रभु थारुले बताए ।
पहिलो पटक तरकारी खेती गरेको थारुले कोरोना भाईरसको संक्रमणले गर्दा तरकारी न बिकने चिन्ता थियो तर अहिले व्यापारीहरु विहान खेत वाट किन्ने गरेको अनले कपुरी अनलाईनलाई बताए ।
अहिले सम्म ५० हजार बराबरको तरकारी विक्री वितरण गरिएको उनले बताए । तरकारी खेतीकाे लागि शिवराज नगरपािलकाले बिउिवजन उपल्बध गराएकाे थारुले बताए ।