चन्दाैटा
भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो ।
अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए । भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको शव परिवारको जिम्मा लगाइएको छ ।