चन्द्राैटा कपिलवस्तु

दिपक के.सी.

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा कोराेना   पुष्टी भएकाहरुको उपचारका लागी ५० शैयाको आइशोलेशन अस्पताल निर्माण कार्यले तिब्रता दिएकाे  छ ।  अस्पताल निमार्ण समिति बने पछि समितिले निर्माण कार्यमा सक्रियता देखाएको छ ।

युवा नेता तथा कपिलवस्तु व्यपार संघका अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा अस्पताल निर्माण समिति नगरपालिकाले गठन गरेको २ दिन नवित्दै समितिले निर्माणको कार्यलाई तिब्रता दिएको छ ।

जस अनुसार अस्पातल बन्ने क्षेत्रकाे  नापजाच रेखांकन र नक्सा निर्माण र जग खन्ने काम सम्पनन भएको समितिका अध्यक्ष पोखरेलले बताउनु भयो । १५ दिनमा ३० शैयाको भवन निर्माण गर्न २ सिफ्टमा काम गरिने छ ।

“ ६० शैयाको अस्पताल २ चरण निर्माण गर्ने नगरको निर्णय अनुसार पहिले चरणमा रु. ६५ लाखको लागतमा ३० शैयाको भवन निर्माण सुरु भएको छ, यसलाई १५ दिनमा पुरा गर्ने गरी निर्माणमा जुटेका छौं ।

” पोेखरेलले भन्नु भयो अस्पताल निर्माण स्थलमा पुग्नु भएका नगप्रमुख अधिकारीले अस्पताल निर्माण कार्य छिटो सम्पन्न गर्न समितिलाई निर्देशन समेत दिनु भयो ।

कोरोना संक्रमणको महामारी भएको र शिवराज नगरपालिकामा पनि ३ जनामा कोरोना पुष्टि भइसकेकाले अस्पालत छटो निर्माण गरी नगरिकलाई स्थानिय ठाउँमा नै सुविधा सम्पन्न पचार दिने उहाँले बताउनु भयो ।

अस्पताल निर्माणमा सबै राजनैतिक दल र नगरबासीको साथ र सहयोग रहेकोले छिटो निर्माण भइ संचालनमा आउनेमा आफु विश्वस्त रहेको समेत उहाँले बताउनु भयो ।