कपिलवस्तु
दिपक के.सी.
कोरोना संक्रमणको जोखिम रहेको कपिलवस्तुको कृष्णनगरमा शनिबार १० जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठाइएको छ । कृष्णनगर क्षेत्रमा कोरोना संक्रमित फेला परे संगै पत्रकारहरुको पनि स्वाब परिक्षणका लागी पठाउने व्यवस्था गरिएको पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनु भयो । पत्रकार कृष्णनगरमा आज ५ जना र २४५ जना सुरक्षाकर्मीको स्वाव संकलन गरिएको हो ।
कोरोना संक्रमितको संख्या दिनानुदिन बढे संगै सिमा क्षेत्रमा र फिल्डमा रिपोटिगं गर्ने पत्रकारहरु पनि जोखिममा रहेकाले स्वाब परिक्षण गरिएको भुसालले बताउनु भयो । यो संगै जिल्लाका १० जना पत्रकारहरुको स्वाब संकलन गरी परिक्षणका लागी पठाइएको उहाँले बताउनु भयो । जिल्लाका ५० जना पत्रकारहरुको स्वाब परिक्षणका लागी सहजीकरण भइरहेको समेत अध्यक्ष भुसालले बताउनु भयो ।