चन्द्राैटा माधव बेल्वासे
प्रदेश ५ सरकारले संचालन गरेको कारोना नियन्त्रण तथा उपचार कोषमा सुर्योदय लघुवित्त वित्तिय संस्थाले २ लाख सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण प्रदेश नम्वर ५ बढी प्रभावित भएको भन्दै उक्त सहयोग गरेको हो । बिहिवार मुख्यमन्त्री संकर पोखरेललाई संस्थाका संचालक शरद अधिकारीले चेक हस्तानतरण गर्नुभएको हो ।
संस्थाको चेक बुझदै मुख्यमन्त्री पोखरेलले लघुवित्तिय संस्थाले सामाजिक काममा सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
कारोना भाइरसका कारण प्रदेश नम्बर ५ का तराई जिल्लाहरु अति प्रभावित भएको भन्दै नागरिकहरु सचेत रहन समेत आग्रह गर्नुभयो । लघुवित्तिय संस्थाका संचालक शरद अधिकारीले संस्थाको निर्णय अनुसार प्रदेश सरकारलाई सहयोग गरेको बताउनुभयो ।
‘यो महामारीको बेला जसले जे सक्छ, त्यो सहयोग गर्न आवश्यक छ, अधिकारीले भन्नुभयो ‘महामारी बाट बच्न नागरिकहरु सचेत भएमा यो लडान जित्न सकिन्छ, ।
संस्थाले प्रदेश न ४ को कोरोना राहत कोषमा रु २ लाख, मुख्य कार्यालय रहेका स्याङजाको पुतलीबजार नगरपालिकालाई रु ५० हजार र प्रदेश न ६ लाई रु ५० हजार सहयोग गर्ने उहाँले बताउनुभयो । त्यस्तै प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले बढी प्रभावित प्रदेशलाईलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।