विन्दवासिनी हरिजन
विश्वभरी कोरोना भाइरस (कोभिण्ड १९) को संख्या बढदै गईरहेको अवस्थामा यशोधरा गा.पा.मा २२ स्थानमा रहेका कोरेन्टाइनका ब्यक्तिहरुको लागी दैनिक प्रयोग गर्ने सामाग्री दलित सामाजिक विकास केन्द्रले गा.पा.अध्यक्षलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको जनकारी संस्थाका अध्यक्ष राम शरन रैदासले जनकारी दिनु भएको छ ।
यशोधरा गा.पा. भारतीय सीमा संग जोडिएको गा.पा.हो गा.पा.मा २२ विद्यालयमा कोरेन्टाइन रहेको जसमा ५३५ जना रहेको छन भारतको विभिन्न शहरमा काम गर्नका लागी गएका गरिब, विपन्नहरु कोरोना भाइरसको कारणले गर्दा कार्यहरु बन्द भएको सवै घर फक्र्दै कोरेन्टाइनमा बस्दै आईरहेका छन । धेरै जना भएकोले ब्यवस्थापन गर्न गह्रौ रहेको गा.पा.ले जनकारी गराउनु भयो । कोरेन्टाइनमा रहेका ब्यक्तिहरुलाई दैनिक रुपमा अत्यावश्यक सामाग्री प्रयोग गर्नका लागी सेनिटाइजर २२ वटा, साबुन ३०० पीस, टार्च २२ वटा, माक्स ३०० वटा, सर्फ २२ किलो ग्राम गा.पा.अध्यक्ष गिरिजेश कुमार पाण्डेलाई हस्तान्तरण गरिएको संस्थाका सचिव मन्टु कोरीले भनेका छन र वडा नं. १ देखि ८ सम्म स्वास्थ्य चौकीको माध्यम बाट कोरेन्टाइनमा रहेका ब्यक्तिहरुलाई पुर्यिाउने स्वास्थ्य शाखा प्रमुख ज्योति प्रकाश पाण्डेले जनकारी दिनु भएको छ ।
सोही सन्दर्भमा कपिलवस्तु नगरपालिका ५ नं. वार्डमा रहेका १९ जना ब्यक्तिहरुलाई दैनिक रुपमा प्रयोग गर्ने सामाग्री सावुन ४० वटा, सेनिटाइजर ३ वटा, माक्स १९ वटा सर्फ ३ किलो वडा अध्यक्ष दिरेप कुमार चौधरीको सहभागीतामा वितरण गरिएको जनकारी संस्थाका उपाध्यक्ष संजय कुमार कोरीले जनकारी दिनु भएको छ ।