बिपन्न परिवारलाई राहत बाँडनमा पछाडि नहटने : चौधरी
सिरहा महेश सिंह
नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजि गर्दै राहत वितरण गर्न समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले लागी परेका छन । समाज सेवीकाेरूपमा चिनिएका चाैधरी गरिबको छाक टार्नमा वडा नं. १५ मोहनपुरमा गाँउका ३० घर धुरी लाई प्रति परिवार १० किलो चमाल,१ किलो दाल,१ कोलो आलू ,१ किलो नून बितरण गरेका छन ।
राहत बाँडन बिदेश गएका छाेरा छाेरीले बुवा आमालाई लकडाउनको कहरमा परेकालाई सहयोग गर्न प्रोत्साहन गरिरहेकाे कर्माचार्यले बताइन् । विपन्न परिवारले निर्वाचनमा जितेर गएका नेताहरुले सहयाेग नगरेकाे गुनासाे गरे ।
कम्तिमा लहानमा कोही भोकै मर्ने छैनन्, भन्ने प्रमाणित गरेर देखाउन सफल भएका चौधरी दम्पत्तिलाई सहयोग गर्ने दाताहरुले सहयाेग गरेका छन । कतिपय मानिसहरु छुटफुटमा परेका, नागरिकता नभएका, डेरा गरी बस्ने र सुकुम्बासीहरु, दलित परिवार, एकल महिला, अपाड्गत भएका, मजदुर, रिक्सा, ठेला हाक्नेहरुलाई लक्षित गरी राहत वितरण गरिएकाे चौधरी र कर्मचार्यले कपुरीअनलाइनलाई बताए ।
समाजसेवी चौधरी र कर्माचार्यको लाई समाजसेवी जितन यादव र ललिता यादवले सहयाेग गरेका थिए ।
सहयाेगी दाताहरु माखन भोग स्वीटस एण्ड चार्ट संचालक रोशन अग्रवाल ,लक्की इंटरप्राइजेजको प्रोपाईटर सन्तोष साह , सुभलक्ष्मी इंटरप्राइजेजको संचालक अशोक चौधरी, लहानको अस्पताल चौक स्थित रहेको श्रेया पोलिकिल्निकको संचाल डाक्टर शुशिला सिंह ले महिला रोग बिशेषज्ञ समेत रहेका छन । अब राहत लहान ८ मा र सिरहाको बर्दमार्मा बाडने योजना रहेको चौधरीले बताए ।