विजयनगर गाउँपालिकाकाे ५० जनाकाे पिसिआर रिपोर्ट नेगेटिभ स्वास्थ्य शाखा विजयनगर
राम प्रघट कोरी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको विजयनगरका स्वासथ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताएका छन ।
आइतवार २८ गते ५० जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको थियाे ।
भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका नजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई राखिएको थिथो ।
स्वाब सकलन गरि पठार्इकाे २६ जनाकाे पिसिआर परिक्षण भइरहेको र रिपाेर्ट आउना बाँकी रहेको अधिकारीले बताए ।
सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै सम्पूर्ण नागरिकलाई नआत्तिन र लकडाउनको पूर्ण पालना गरिदिनहुन गाँउपालिका अध्यक्ष गाेपाल बहादुर थापाले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























