विजयनगर राम प्रघट कोरी
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे क्वारेन्टाइनमा ३ सय ४४ जना व्यक्तिहरुलाई व्यवस्थापन गरिएकाे गाँउपालिका अध्यक्षा गाेपाल बहादुर थापाले कपुरी अन्लाईनलाई बताए । स्थापना गरिएकाे गुगौलीमा ४० जना, प्रेमनगरमा ४० जना, जुडपानीमा ३९ जना र गणेशपुरमा ९५ जना राखिएकाे छ । गाउँपालिकाले दशगजा नजिकै रहेको मधुनगरमा १ सय जना र नयाँबस्तीमा ३० जना गरी जम्मा ३ सय ४४ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन गरेकाे थापाले बताए ।
विजयनगर गाँउपालिकामा अहिले सम्म ७६ जनाको पिसिआर नमुना संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले कपुरी अन्लाईनलाई बताए । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आइतवार ५० र सोमवार २६ गरि ७६ जनाको पिसिआर नमुना संकलन गरिएको अधिकारीले बताए ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु भारतकाे महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउबाटँ आएर दशगजामा आएका व्यक्तिहरुलाई नजिकै क्वारेन्टाइन बनाई राखिएको र खाना,बस्नका लागि उचित व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
दिनप्रतिदिन संख्या बढ्दै जाँदा व्यवस्थापन कठिनाई हुँदै गएको र अवस्थालाई हेर्दा उच्च जोखिमपूर्ण रहेको थापाले बताए । यसरी दिनप्रतिदिन कपिलवस्तुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सिल भएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाएको हाे ।
इलाका प्रहरी कार्यालय गणेशपुरले पूर्ण रुपमा लकडाउन पालन गर्नका लागि माइकिङ्ग गर्दै बस्तीबस्तीमा पुगी जानकारी गराएकाे गणेशपुरले जनाएकाे छ ।