Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

औषधी पसल बाहेक तिन दिनका लागी सबै सिल / वाणगंगा नगरपालिका


कपिलवस्तुको वाणगंगा नगरपालिकाले औषधी पसल बाहेक सबै तीन दिन सम्मका लागी सिल गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको नगर कार्यापालिका बैठक र नगरभित्रका सरोकारवालासंगको छलफल पछि नगरपालिका तीन दिन सिल हुने भएको हो । कपिलवस्तुमा कोरोना भाइरसको जोखिम उच्च भएको र त्यसको मारमा बाणगंगा पनि पर्न सक्ने भन्दै यस्तो निर्णय गरिएको नगर उपप्रमुख चक्र अर्यालले बताउनु भयो ।

सोमबार मध्यरातीबाट नगर सिल हुने अर्यालले जानकारी दिनुभयो । कपिलवस्तुमा कोरोनाको उच्च जोखिम बढीरहेकाले नगरमा थप जोखिम नहोस भन्नका लागि नगर सिल गरिएको उप प्रमुख अर्यालले बताउनुभयो । जेष्ठ १ गतेसम्मका लागि नगर सिल हुने उहाँको भनाई छ । नगरलाई तिन दिन शिल गर्ने निर्णयमा कपिलवस्तु उद्योग बाणिज्य संघले पनि ऐक्यवद्धता जनाएको छ ।

यो निर्णयसंगै आज मध्यराति १२ बजेदेखि जेठ १ गतेसम्म औषधीबाहेकका कुनै पनि सेवा संचालन हुन पाउने छैनन् भने नगरमा अब बाहिरी आवागमन पनि ठप्प हुने जनाइएको छ । कोही पनि नगर प्रवेश गर्न पाउने छैनन् र कोही पनि बाहिर जान पाउने छैनन् ।

विरामी बोकेका एम्बुलेन्स भने निर्वाध रुपमा चल्न पाउने छन् । यस्तै बैङक, वित्तिय संस्था, बिमा कम्पनी, उद्योगधन्दा, कलकारखाना, सहकारी सबै पूर्ण रुपमा बन्द हुने छन् ।

नगरलाई शिल गर्ने निर्णयबारे सरोकारवालासंग समेत आज छलफल भएको थियो । छलफलमा सहभागी बिभिन्न बैङक तथा वित्तिय संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाले कोरोनाबाट नगरलाई जोगाउन गरिएको निर्णयमाथि सहमति जनाएका छन् ।

यसअघि दूध, तरकारी, फलफुल ग्याँस, किराना आदिका अत्यावश्यकीय पसल संचालन भएको भए पनि अब जेठ १ गतेसम्म यी सबै ठप्प हुने उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

साथै नगरले कोरोनाबाट बच्नको लागि बाहिरबाट आएका ब्यक्तिको सम्पर्कबाट जोगिन अनुरोध गरेको छ भने भारत लगायतका देशबाट कोही आएको थाहा पाएमा तुरुन्त सरोकारवालालाई जानकारी गराउन या नगरपालिकाको सिद्धार्थ क्याम्पसस्थित क्वारेनटाइनमा पठाउन नगरपालिका र उद्योग संघले अनुरोध गरेको छ । यसको लागि नगरका बिभिन्न स्थानमा सुरक्षाकर्मी पनि बाक्लो संख्यामा खटाइने छ ।

यसअघि लकडाउनमा बिनापासका मोटरसाइकल, साना गाडी पनि चलेको, मानिसहरु मर्निङवाक गरिरहेको, निर्माण काम पनि चलिरहेको हुनाले यी सबै काम तुरुन्त बन्द गर्न पनि नगर र उद्योग संघले आग्रह गरेका छन् ।

जेठ १ गतेसम्म नगरको निर्णय अटेर गरी कोही कसैले गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिइएको छ । कपिलवस्तुमा अहिलेसम्म १५ जना संक्रमित भेटिए पनि बाणगंगा नगरका कोही पनि संक्रमित छैनन् । साथै नगरले भारतबाट लुकीछिपी आएकाहरुमाथि पनि कडा ढंगबाट निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

विजयनगरले गर्यो जाजरकोट भुकम्प पिडितलाई सहयोग

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

सामाजिक विकासमा जाेड दिँदै विजयनगर गाउँपालिका

शिवराजको राहत वितरण टोली द्वारा  नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शिवराजको राहत वितरण टोली द्वारा नलगाड नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

शुद्धोधनका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत कुटे

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

कपिलवस्तुको सिमा क्षेत्रमा रोकिएन तस्करी

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline