भारतको मुबई लगाएत अन्य नाका वाट लुकीछिपी नेपाल आउनेको क्रम बढदै गएको छ । लुकीछिपी नेपाल प्रबेश गरेका कपिलवस्तुका ५ जना युवामा कोरोना पुष्टी भएको बेला लुकीछिपी आउनेक्रम झनै बढेको छ । भारतका बिभिन्न शहरहरुमा रोजागारीका लागि गएकाहरु अहिले धमधाम स्वदेश फर्किरहेका हुन् । उनीहरु पैदल, ट्रयाक्टर, ट्रक, साईलक लगायतमा कष्टकर यात्रा गरी अहिले जिल्लाका बिभिन्न चोर नाका हुदै जिल्ला छिरेका छन् । यसरी चोर नाका हुंदै असुरक्षित तरिकाले प्रबेश गरिदा जिल्लामा कोरानाको संक्रमण झन फैलन जोखिम बढेको छ । मुम्बर्बबाट चोर नाका हुंदै फर्केका मायादेबी र शुद्धोदन गाउपालिकाका एक गरी ५ युवामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो दुइ दिनमा मात्र बिजयनगर गाउपालिकामा भारतको मुम्बई, पुने, दिल्ली लागायत शहरमा रहेका १ सय ३ जना चोर नाका हुदै छिरेको गाउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीले बताए । अर्रा नदी, वन खेत खोल्सा लगायतबाट लुकिछिपी गाउँपालिका प्रबेश गरेकाहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखिएको उनले बताए ।
‘ लुकिछिपी आउने मानिसहरुको संख्या बढेकाले त्यसको ब्यवस्थापनमा समस्या देखिएको उनले बताए । शनिवार भारतको हरियाणाबाट कृष्णगनर नाका हुदै बाणगंगा नगरपालिका बडा नम्बर ८ मधुवनमा आएका ३ जनालाई क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष गुणनिधी भुसााले बताए । ती परिवार मधुवन स्थित एक घरमा बसेका थिए । सो घरका ४ जना लाई पनि क्वारेन्टाईन पठाईएको थियो । मुम्बईबाट चोर नाका हुंदै बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाका एक जनलाई समेत स्थानीयको सहयोमगमा सिद्धार्थ क्याम्पसको क्वारेनटाईनमा लगीएको नगरपालिकाका स्वास्थय संयोजक ठग राज पौडेलले बताए ।
उता कपिलवस्तु नगरपालिका वडा नम्बर –४ छोटकी तौलिहवामा चोर नाका हुदै आएका १० जना घरमै अलपत्र परेको स्थानीय मनिष कार्कीले बताए । लुकीछिपी आएका ब्यक्तिहरुका कारण अहिले गाउमा त्रास बेढको उनले बताए । चोर नाकाबाट लुकीछिपी आउने संख्या बढे पनि अझै सम्म कति जना जिल्ला प्रबेश गरे भन्ने त्यसको संख्या यकीन भएको छैन । सशस्त्र प्रहरी उपरिक्षक जनकपुरीले आईतावार साझ ५ बजे सम्म जिल्लाका ६ नाकामा १ हजार ८ सय ५४ जना रोकिएका छन । भारतीय सुरक्षाकर्मीले प्रबेश गर्न दिए पछि नेपाल आउन खोज्ने उनीहरुलाई आफुहरुले गृह मन्त्रालयको आदेश अनुसार रोकेको बताए । नाकामा निग्रानीका लागि १४ सय बढी सशस्त्र प्रहरी परिचालन गरिए पनि ९३ किमिको खुला नाका भएकाले समस्या आएको उनले बताए । भ्याए सम्म आफहरुले निग्रानी गरे पनि रातिको सयममा वन, जंगल खेत, नहर खोला खोल्साबाट लुकीछिपी जाने गरेको उनले बताए ।
महराजंगज नगरपालिकाका मेयर अब्दुल कलाम खाले चोर नाका हुदै प्रबेश गरेका ब्यक्तिहरुका कारण जिल्लामा कोराना फैलने जोखिम बढेको बताए । नाका रोकिएकाहरुलाई जिल्ला प्रबेश गर्न दिन पनै र त्यस्तालाई पालिकाहरुले क्वारैन्टाईनमा राख्न आफुहरु तयार रहेको उनले बताए । नाकामा असुरक्षित एकै ठाउमा जम्मा मानिसहरुलाई राखिदा झन समस्या भएको उनले बताए । उता प्रजिअ दीर्घ नारायण पौडेलले सिमा नाकामा सशस्त्र प्रहअरीले निग्रानी बढाए पछि चोर नाकाबाट आउन खोजेको बताए । गहृ मन्त्रालयको आदेश अनुसार नाकाबाट आउन खोज्नेलाई रोकेको उनले बताए ।
जिल्लामा संक्रमित भेटिए पछि नाकामा निग्रानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको उनले बताए । जिल्लाका १० पालिकाले संचालन गरेका १ हजार ७ सय ८८ क्वारेन्टाईन बेडमा १ हजार ३ सय ७९ जना छन । क्वारेन्टाईन बसेकाहरु भारतका बिभिन्न शहरबाट फर्केकाहरु रहेको प्रशासन कार्यालयका प्रशाकीय अधिकृत मनोज सैनीले बताए ।