प्रतिमा विश्वकर्मा कृष्णनगर
कपिलवस्तुको जिल्लाको कृष्णनगर नगरपालिकाको करमा गाँउको । नाकामा अल्पत्र परेका नेपालीहरूले आफूहरूलाई सुरक्षित ठाऊमा राख्न सरकारसंग आग्रह गरेका छन । भारतका विभिन्न शहरमा रोजगारको शिलशिलामा रहेको समयमा विश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाइरसले गर्दा देशहरूले लाकडाउन गरेका छन । रोजगार बन्द भयेपछि नेपाली स्वदेश फर्कि रहेका छन । नेपालीहरू नेपाल र भारतको विभिन्न नाकाहरूमा अलपत्र परेका छन । कृष्णनगर नगरपालिका वार्ड न ६ मा अलपत्र परेका ५७ जना रहेका इन्सपेक्टर भिमिनिधि खनालले बताए । अलपत्र परेकहरू टेन्ट मुनि र केही व्यक्तिहरू घर बाट ल्याएका त्रिपाल मुनि बसेका छन । दिन रात गुजारीरहेका छन । सिमाम १५ दिन देखि अलपत्र नागरिकहरूले सरकार वाट सहयोग हुने आशा राखेका छन । सिमाम रहेकाहरू भोकभोकै बस्ना बाध्य भएका छन ।कृष्णनगर नगरपालिका वार्ड न ७ का वार्ड अध्यक्ष राज़किशोर यादवले पिउने पानीको व्यवस्था मिलाएको उनीहरूले बताए ।