Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोनाले फेरीएको गाँउपालिका अध्यक्ष गोपाल थापाको दिनचार्य


कोरोनाले फेरीएको गाँउपालिका अध्यक्ष गोपाल थापाको दिनचार्य

दिपक के.सी.कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाको दिनचर्या अहिले फेरिएको छ । विश्वभरी फैलिएको कोभिड १९ कोरोनाको संक्रमण रोकथाममा थापाले नयाँ कामहरुको थालनि गरे संगै उनको दैनिकीमा पनि परिर्वतन आएको हो ।

गाउँपालिका अध्यक्षले पाएको चारपांग्रे सवारीको सुविधालाई छोड्दै अध्यक्ष थापा अहिले आफ्नै निजि स्कुटरमा जनताको सेवामा गाउँघरमा पुग्ने गरेका छन ।
कोरोना रोकथाममा स्थानिय इलाका प्रहरी कार्यालय गणेशपुरलाई सक्रिय बनाउन खुल्ला सिमा बाट हुने घुसपैठलाई रोक्न अध्यक्ष थापाले आफुले सुविधा लिदै आएको गाउँपालिकाको सवारी प्रहरी परिचालनमा दिएका छन । इप्रका गणेशपुरमा एक वटा प्रहरी कै सवारी साधन भए पनि कोरोना महामारीको समयमा प्रदान गर्नु सुरक्षा सर्तकतालाई ध्यान दिदै थापाले आफु चढ्ने सवारी प्रहरी परिचालनमा दिएको बताए ।

प्रहरीलाई विभिन्न घटना स्थलमा पुग्न र सिमामा हुने घुस पैठ रोक्न सवारी अभाव भए पछि आफु चढ्ने सवारी साधन नै प्रहरीलाई प्रयोग गर्न दिएको उनले बताए ।
भारतिय सिमा संग जोडिएको गाउँपालिकाको २८ किमि खुल्ला सिमा पर्दछ । सोहि खुल्ला सिमा सुरक्षा गर्न र सिमाबाट लुकिछिपी प्रवेश गर्नेहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्न गाउँपालनलिकाले विहिबारबाट ५० जना नगर प्रहरी परिचालन गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भटट्राईले बताए । नगर प्रहरीले सिमा सुरक्षा सगै क्वारेन्टाइनको पनि सुरक्षा गर्ने उनले बताए ।
नगर प्रहरीले गाँउपालिकाको सबै नागरिकको घरघरमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी संकलन गर्ने ,कोरोना सम्बन्धि जनचेतना फैलाउने काम गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ।

“आजभोलि दैनिक क्वारेन्टाइनको अनुगमन, सुरक्षा निकाय, स्वास्थ्य शाखा संगको छलफलमा र गाउँपालिका बासीहरुको अवस्थाका बारेमा बुझ्दा नै दिन वित्नेगरेको छ” अध्यक्ष थापाले भने । विशेष खुल्ला सिमाका कारण लुकी छिपी प्रवेश गर्ने हुदाँ सिमामा निगरानी कडाइ गर्नु परेको उनले बताए ।
गाउँपालिकाले अहिलेको अवस्थामा स्थानिय नागरिकहरुका लागी लागी निशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।

विरामीहरुका लागी अहिले दिगो विकास युवा क्लबको एम्बुलेन्स गाउँपालिकाले लिएर निशुल्क सुविधा दिदै आएको अध्यक्ष थापाले बताए । “गाउँपालिकामा रहेका दिर्घ रोगीहरुको डाटा संकलनको काम भइरहेको छ, उनीहरुले सेवन गर्ने औषधी निशुल्क वितरण गर्ने योजनामा छौं” उनले भने ।
गाउँपालिकाले विपत व्यवस्थापन कोषमा डेढ करोड रकम छुट्याएको र सोहि रकमबाट क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य सामाग्री खरिद र राहत वितरण गर्दै आएको अध्यक्ष थापाले बताए ।

कोरोना भाइरसका कारण भएको लकडाउनका कारण पहिलो र दोस्रो चरणमा गरी २३ सय विपन्न गरिब घर परिवारलाई राहत वितरण गरिसकेको र अब तेस्रो चरण १२ सय घर परिवारलाई राहत वितरणको तयारी भएको उनले बताए । सिमा संग जोडिएको गाउँपालिकाले भएकाले जोखिम पनि बढि नै हुने हुदाँ गाउँपालिकाले ४ वटा क्वारेन्टाइन व्यवस्थापन गरी त्यहाँ रहेका १ सय २१ जनाको नियमित स्वास्थ्य चेकजाँच गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

शिवराजद्वारा बड्का अटवारीकाे विदा

शिवराजद्वारा बड्का अटवारीकाे विदा

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

जन्मोत्सवमा बटुकलाई खाद्य सामाग्री

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

आज विश्वकर्मा पूजा पूजापाठ गरि मनाउँदै

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

किन हुन्छ शिवराजमा विकासको काममा अवरोध  कभर्ड हल बन्ने कहिले  ?

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline