एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सुरुवात टेस्ट क्रिकेट हो । प्रारम्भमा टेस्ट निकै लोकप्रिय थियो । त्यतिबेला टेस्ट हेर्ने दर्शकको संख्या पनि धेरै हुने गथ्र्यो । तर, हाल एकदिवसीय र टी–ट्वान्टीमा जस्तो टेस्टमा दर्शकको संख्या देख्न पाइँदैन ।
पछिल्ल्लो समय टेस्टमा एकै खेलाडीले लामो पारीले दर्शकलाई बाँधी राखेको हुन्छ । टेस्ट क्रिकेटमा यस्ता कैयौं पारी छन् । जसले क्रिकेट इतिहासमा नै नयाँ कीर्तिमान बनाएका छन् । यसै क्रममा यस रिपोर्टमा टेस्ट क्रिकेटमा दुई पटक तेहेरो शतक बनाउने खेलाडीको चर्चा गर्दै छौं । जसले आफूलाई मात्र नभई टेस्ट क्रिकेटलाई पनि छुट्टै स्थानमा पुर्याएका छन् ।
क्रिस गेल
ब्रायन लारापछि दुई पटक तेहेरो शतक बनाउने क्रिस गेल वेस्टइन्डिजका दोस्रो खेलाडी हुन् । गेलले दक्षिण अफ्रिका र श्रीलंकाविरुद्धको खेलमा तेहेरो शतक बनाएका थिए । सन् २००५ मा दक्षिण अफ्रिकाविरुद्ध ३१७ रन जोडेका थिए । त्यसपछि गेलले २०१० मा श्रीलंकाविरुद्ध ३३३ रन जोडेका थिए । जुन उनको हालसम्मकै बेस्ट रन हो ।
वीरेन्द्र सहवाग
पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवाग भारतका लागि टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनले सन् २००४ मा पाकिस्तानविरुद्ध आफ्नो पहिलो तेहेरो शतक बनाएका थिए ।
पाकिस्तानविरुद्ध ३०९ रन जोडेका सहवागले सन् २००८ मा दक्षिण अफ्रिकाविरुद्ध ३१९ रन जोडेका थिए ।
ब्रायन लारा
वेस्टइन्डिजका दिग्गज खेलाडी ब्रायन लारा विश्व क्रिकेटका महान् खेलाडी मध्यका एक हुन् । उनले टेस्ट क्रिकेटमा तेहोरो शतब बनाएका थिए । उनले पनि ब्राडम्यान जस्तै इंग्ल्यान्डविरुद्ध तेहोरो शतक बनाएका थिए ।
लाराले सन् १९९४ मा इंग्ल्यान्डविरुद्ध ३७५ रन जोडेका थिए । यो रेकर्ड कैयौं वर्ष रहेको थियो । तर, उनको यो रेकर्ड अस्ट्रेलियाका पूर्व क्रिकेटर म्याथु हेडनले तोडेका थिए । उनले टेस्टमा ३८० रन जोडेका थिए । यसपछि लाराले २००४ मा अविजित ४०० रन जोडेका थिए ।