कपिलवस्तु चन्द्रौटा
चन्द्रौटामा घर बनाउने कामदारको छत वाट खसेर मृत्यु भएको छ । चन्द्रौटा निवासी ३५ वर्षका चिन्नु नाँउको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मृत्य नाँउको परिवारमा पत्नी र दुई साना छोरा भउको र आर्थिक अवस्था कमजोर रहेको छ ।
बैशाख १८ गते विहान ९ बजे ड्रम भुईबाट छत माथी लाने क्रममा चिप्लिएर लडेको र गम्भिर चोट लागेको र उपचारको लागी वुटवल पुराईएको थियो ।
वडा प्रहरी कार्यालयले घटना घटेको ३ दिन पछि जानकारी आएको र उपचारको क्रममा बैशाख २५ गते मृत्यु भएको कार्यालय प्रमुख दिपेश खरेलले बताए ।