सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सांसद शाहलाई पक्राउ नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा बोलाइएको छ।
यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटको आरोपमा कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















