नक्कली नोट प्रयोग गरी चिउराको धुलो खरिद गर्न खोज्ने महिला पक्राउ
कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित एक चिउरा उद्योगमा नक्कली नोट प्रयोग गरी चिउराको धुलो (ठुटो) खरिद गर्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ असार २९ गते साँझ करिब ५ः३० बजे शिवराज नगरपालिका–२ हल्लानगर निवासी ४८ वर्षीया एक महिलाले बङ्गुरलाई खुवाउनका लागि चिउराको धुलो खरिद गरी भुक्तानीस्वरूप नगद रकम दिएकी थिइन्। उद्योग सञ्चालकले नोटको बनावट र अवस्थामाथि शंका गरी तत्काल वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी गराएका थिए।
सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले ती महिलालाई नियन्त्रणमा लिई जाँच गर्दा उनले काउन्टरमा बुझाएका एउटै नम्बर भएका १९ थान नेपाली रु. ५०० दरका नक्कली नोट फेला पारेको थियो। बरामद नोटको कुल रकम रु. ९,५०० (नौ हजार पाँच सय) रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त नक्कली नोटहरू रीतपूर्वक बरामद गरी महिलाविरुद्ध खोटा चलन मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। यस सम्बन्धमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कारोबारका क्रममा प्राप्त हुने नोटहरू सावधानीपूर्वक जाँच गर्न तथा कुनै शंकास्पद नोट फेला परेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















