श्रमसंसार प्रणालीमा दर्ता हुन रोजगार सेवा केन्द्र शिवराजको आग्रह
कपुरी डेक्स ।
रोजगार सेवा केन्द्र, शिवराज नगरपालिकाले रोजगारदाता तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको श्रमसंसार www.shramsansar.gov.np प्रणालीमा साइन-अप गर्न आग्रह गरेको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को श्रावण महिनादेखि सञ्चालनमा ल्याएको उक्त प्रणालीमार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई एकै प्लेटफर्ममा जोड्ने लक्ष्य राखिएको छ।
रोजगार संयोजक कल्पना पोखरेलका अनुसार श्रमसंसार प्रणालीमार्फत देशभर खुल्ने विभिन्न रोजगारीका विज्ञापन, रोजगारका अवसर तथा रोजगारदातालाई आवश्यक पर्ने जनशक्ति र सीप विकाससम्बन्धी तालिमका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।
यस प्रणालीले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच सहज समन्वय गरी आवश्यक जनशक्ति पूर्तिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
उहाँले रोजगारदाताहरूलाई Job Provider तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई Job Seeker का रूपमा दर्ता हुन अनुरोध गर्नुभयो। प्रणालीमा दर्ता भएपछि रोजगारदाताले आवश्यक जनशक्ति खोज्न तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले आफ्नो योग्यता सीप र अनुभवअनुसार उपलब्ध रोजगारीका अवसरबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
थप जानकारीका लागि ९८६४९२६८०९ नम्बरमा सम्पर्क गर्न सकिने रोजगार संयोजक पोखरेलले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















