रास्वपा शिवराजको नेतृत्वमा पाण्डेय पुनः चयन
कपुरी डेक्स ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगर समितिको प्रथम अधिवेशनबाट बालकृष्ण पाण्डेय पुनः नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनबाट उपसभापतिमा फैजल खान, सचिवमा जीवन काफ्ले तथा सह–सचिवमा मोहनकुमार बुढा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा चूडामणि कामी, शारदा खड्का, यमी पुन, मिनाकुमारी पुरी, गुलाबजहाँ खातुन, शिला चौधरी, इरसाद खाँ, खोमेन्द्रप्रसाद अधिकारी, सलिम मुसलमान र प्रकाश बिक निर्वाचित हुनुभएको छ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा टुकलाल पौडेल (सागर) र सन्तोष आचार्य, प्रदेश अधिवेशन प्रतिनिधिमा राजेशकुमार चौधरी र दलर्जन केसी तथा जिल्ला अधिवेशन प्रतिनिधिमा जीवलाल पराजुली, बद्रीप्रसाद श्रीवास्तव र शरद अधिकारीलाई चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूले नयाँ नेतृत्वको कार्यकालमा रास्वपा शिवराज नगर समिति अझ सशक्त, सुदृढ र जनमुखी बन्ने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















