कपुरी डेक्स, कपिलवस्तु
बढ्दो गर्मीका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै शिवराज नगरपालिका वडा नं. ५, बालापुर हनुमान चोक निवासी कमल कोइरालाले शिवराज नगरपालिका वडा नं. २ स्थित जनता आधारभूत विद्यालयलाई ४ थान पंखा सहयोग गर्नुभएको छ ।

समाजसेवी दिपक खडकाको पहल तथा समन्वयमा उपलब्ध गराइएको उक्त पंखाले विद्यालयका विद्यार्थीहरूलाई गर्मीयाममा सहज तथा शीतल वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।

पंखा हस्तान्तरणपछि विद्यालय परिवारले सहयोगदाता कमल कोइराला तथा समन्वयकर्ता दिपक खडकाप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रमा यस्ता सामाजिक तथा मानवीय सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

विद्यालय प्रशासनले शैक्षिक वातावरणलाई थप प्रभावकारी र विद्यार्थीमैत्री बनाउन समुदाय, अभिभावक तथा विभिन्न व्यक्तिहरूको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।