सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
कपुरी डेक्स ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Oplus_131072
कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आई.एस. अपरेटर टोलीका टिम लिडर राजीव राईले गर्नुभएको थियो। कार्यक्रममा सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ता तथा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाहका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रमको अध्यक्षता विजयनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तिलक कडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा रहनुभएको थियो।
कार्यक्रममा विजयनगर गाउँपालिकाका सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सचिव तथा कम्प्युटर अपरेटरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सामाजिक सुरक्षा तथा घटना दर्ता सेवालाई नागरिकमैत्री र प्रभावकारी बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम उपयोगी हुने बताउनुभयो। त्यस्तै, टिम लिडर राजीव राईले प्रविधिमैत्री सेवा विस्तारसँगै तथ्यांक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























