बुटवल । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटबाट चोरीमा संलग्न भएको आरोपमा शिक्षक शिव शंकर शुक्लालाई कालिका मानवज्ञान माध्यमिक विद्यालयले पदमुक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले एक विज्ञप्ति जारी गर्दै, २४ गतेको आगजनी तथा तोडफोडको क्रममा शुक्लाले भाटभटेनीबाट आइसक्रीम लिएर हिँडेको प्रमाणित भएकाले तत्काल प्रभावबाट निष्कासन गरिएको जनाएका छन्।

शिव शंकर शुक्ला कालिका मानवज्ञान माध्यमिक विद्यालयसँगै अक्सफोर्ड माध्यमिक विद्यालयमा पनि अध्यापन गर्दै आएका थिए।