चन्द्रौटा,कपिलवस्तु,शिवराज

मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहम्मद-डे को अवसरमा शुक्रबार भदौ २० गते शिवराज नगरपालिकामा स्थानीय बिदा दिएको छ।

शिवराज नगर कार्यपालिकाको मिति २०८२ भदौ १९ गतेको निर्णयअनुसार नगरपालिकाको मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु अति आवश्यक  सेवा बाहेक तथा सामुदायिक र संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ।

शिवराज नगरपालिकाका नगर प्रमुख  अजय थापाले शिवराज नगरपालिकामा विभिन्न धर्म, जाति र संस्कृतिको संगम भएकोले मोहम्मद-डे जस्ता पर्वहरुले आपसी सद्भाव, सहिष्णुता र एकतालाई अझ बलियो बनाउन मद्दत गर्ने बताउनुभयो । वहाँले यस अवसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नगरपालिकाले यस अवसरमा नगरवासी सम्पूर्णलाई धर्म, संस्कृति र सहअस्तित्वको सम्मान गर्न समेत आह्वान गरेको छ।