सामुदायिक वन,कृषि सहकारी तथा शिवराजका जनप्रतिनिधि लक्षित क्षमता अभिवृद्धि गोष्ठी
नरपानी,अर्घाखाँची ।
शिवराज नगरपालिका अन्तर्गतका सामुदायिक वन,कृषि सहकारी र शिवराज नगरपालिकाका प्रतिनिधिहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तथा कार्यशाला गोष्ठी अर्घाखाँचीको नरपानीस्थित सुपादेयराली रिसोर्टमा सम्पन्न भएको छ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकामा पहिलो चरणको कार्यशाला सम्पन्न भइसकेको र दोस्रो चरणमा शिवराज नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको मिन महतराले जानकारी दिनुभयो । वहाँले जलवायु परिवर्तन अब समुदायमै प्रत्यक्ष महसुस हुने समस्या बन्दै गएको बताउदै यसलाई सम्बोधन गर्न स्थानीय नेतृत्वलाई केन्द्रमा राखेर योजना बनाउन जरुरी भएकोले स्थानिय सरोकारवालाहरुलाई प्रशिक्षण दिएको बताउनुभयो ।

कार्यक्रममा धारणा राख्दै हिमपात कृषि सहकारी संस्थाका अध्यक्ष जीवन केसीले कहिले अनावृष्टि, कहिले असिनापानी र कहिले रोगवालीको प्रकोपयी सबै जलवायु परिवर्तनका असर भएको बताउनुभयो । सहकारी संस्थाहरुले विभिन्न क्रियाकलाप गरि किसानलाई सहयोग गर्दै आएको भए पनि यस्तो कार्यशालाले थप सीप, ज्ञान र सञ्जाल निर्माण गर्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडास्तरमै जलवायु संकट तीव्र बन्दै गएको बताउदै यसले नदी कटानदेखि मौसमी विपद्, खेतीपातीमा अनिश्चिततासम्मका चुनौती बढिरहेको बताउनुभयो । सापकोटाले यहाँ सिकेका ज्ञानलाई वडास्तरमै योजना बनाएर लागुगरिने बताउनुभयो । वहाँले सामुदायिक वन, सहकारी संस्था र वडा कार्यालयबीचको सहकार्य भए थप सजिलोहुने बताउनुभयो ।
कार्यशाला गोष्ठीमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले कार्यक्रमले नगरको दीर्घकालीन योजनामा सहयोग पुर्याउने बताउनुभयो । थापाले नगरका मानिसहरुको मुख्य पेशा नै कृषि भएकाले जलवायु संकटले सीधै किसानलाई प्रभावित बनाएको बताउनुभयो । यस्ता कार्यशालाले सामुदायिक संस्था र जनप्रतिनिधिलाई सशक्त बनाउन मात्र नभइ दीगो समाधान खोज्न प्रेरणा दिने बताउनुभयो ।
कार्यक्रम युके इन्टरनेसनल डेभलपमेन्टको आर्थिक सहयोग र रैन परियोजनाको प्रावधिक सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना रैन परियोजनाले गरेको थियो । कार्यक्रमको सहजीकरण हरिकृष्ण भट्टराई,केशव पौडेल,संजिव श्रेष्ठ र मिन महतराले गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























