अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : न्यौपाने
कपिलवस्तु – नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपानेले आगामी नेतृत्व पनि अध्यक्ष केपी शर्मा ओलीकै हुने बताउनुभयो ।
शिवराज नगर कमिटीको चौथो पूर्ण बैठकमा वहाँले ओलीको नेतृत्वमा पार्टीलाई मजबुत बनाएर राजनीतिक स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्य दोहोर्याए बताउनुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकारी भूमिकामा ल्याउने चर्चा अस्वस्थ राजनीतिक अभ्यास हुने धारणा पनि उहाँले राख्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका हिम केसी, वसन्ता पाण्डेलगायत एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई न्यौपानेले टिका र खादा ओढाएर स्वागत गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























