कपिलवस्तुको खरेन्द्रपुर पृथ्वीचोकबाट अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर साईकल यात्रा सुरुवात गरिएको थियो ।  शिवराज नगरपालिका युवा परिषदको आयोजनामा पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैलीका लागि साईकल मार्ग घोषणा तथा साईकलिङ कार्यक्रम सम्पन्न गरिएको  आयोजक पक्षले जानकारी दिएको छ ।

शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले साईकल चढी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भनी उल्लेख गरिएको छ।

खरेन्द्रपुरबाट सुरु भएको साईकल यात्रा धनगढवा, मदवा, रहटकोल, भलुही, करहिया र  बेलौती हुँदै पर्यटकीय क्षेत्र उमरी डाँडामा पुगेर कोणसभासहित सम्पन्न गरिएको छ ।

उमरी डाँडामा पिकनिक स्पट, मानव निर्मित गुफा र थारू संग्रहालय एकै स्थानमा रहेकोले यो मार्गले सवारी साधनको चाप कम गर्ने र स्वास्थ्यप्रद जीवनशैली प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको हो भनी कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।

साईकल यात्रीहरूका लागि पानीको व्यवस्था भूतपूर्व सैनिक संघले गरेको थियो ।

कार्यक्रममा नगर प्रमुख अजय थापा, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, वडा नं. १ का अध्यक्ष खिम विक्रम के.सी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका लेखनाथ घर्ति, सिद्धार्थ सामाजिक विकास केन्द्रका अजय चौधरी, किडार्क नेपालका विनोद केवट, नगर युवा परिषदका उपाध्यक्ष राजकसमार चौधरी, वडा प्रहरी कार्यालयका सुजन शाही, अस्थायी ट्राफिक पोस्टका निरज गौतम, भूतपूर्व सैनिक संघ र  युवा क्लब तथा बाल क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम नगर युवा परिषदको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्र र किडार्क नेपालको सहकार्यमा सम्पन्न भएको छ ।