कृष्णनगरमा पाँच लाख भारतीय रुपैयाँसहित व्यक्ति पक्राउ
अजय मिश्र।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जेठ ९ गते, शुक्रबार बिहान करिब ११:३० बजे कपिलवस्तु जिल्ला अन्तर्गत कृष्णनगर नगरपालिका वाट भारतीय रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई कृष्णनगर वडा न.३ ट्रान्समिटर भन्ने स्थानबाट एक जनालाई शंकास्पद अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला ओखलढुंगा, साविक सानिवन गा.वि.स.–९ हाल चम्पादेवी गाउँपालिका–१० रानीवन निवासी ४३ वर्षीय रामकुमार तोलाङ्गीलाई शंकास्पद रूपमा पैदल हिँडिरहेको अवस्थामा फेला पारी खानतलासी गर्दा, उनको झोलाभित्र प्लास्टिकमा राखिएको दश गड्डी ५०० दरका भारतीय नोट फेला परेको प्रहरीले जनाएको छ। ती नोटहरूको जम्मा रकम पाँच लाख भारतीय रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ।
रामकुमार तोलाङ्गीलाई पाँच लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























