दिपक खड्का – चन्द्रौटा, कपिलवस्तु

२०४७ सालमा अर्घाखाँची जिल्लाको शितधारा गाविस वडा नं. ७ (हाल शितगंगा नगरपालिका-९) मा आमा डुमाकला बेल्वासे र बुबा दधिराम बेल्वासेको कोखबाट जन्मिएका रामु बेल्वासे तीन दाजुभाइ-बहिनीमध्ये जेठा सन्तान हुन्।

सात वर्षको कलिलो उमेरमै आमा गुमाएपछि उनको जीवनबाट ममताको आकाश सधैंका लागि हरायो। बाल्यकाल मामा घरको आँगन र मामा-माइजुको छायाँमा बित्यो। बुवाले दोस्रो विवाह गरेपछि थप मानसिक संघर्ष र पारिवारिक जिम्मेवारीले उनलाई सानैदेखि परिपक्व बनायो।

यिनै कठिनाइबीच पनि उनले २०६६ सालमा एस.एल.सी. उत्तीर्ण गरे तर पढाइभन्दा पहिले पेट पाल्नुपर्ने बाध्यता आएकोले उनलाई रोजगारीलाई प्राथमिकता दिनु पर्ने भएकोले र जीवन धान्न उनी भारतको सगुल पुगे जहाँ पार्टी प्यालेसमा काम गरे। त्यो काममा पनि जब उनलाई चित्त बुझेन र उनि नेपालको कृष्णनगर संग  सिमा जोडिएको बढनी बजारमा  कपडा पसलमा काम गर्ने थाले ।

कपडा पसलमा काम गर्दाको अनुभव संगालेर उनि नेपाल फर्किए र कपिलवस्तु जिल्लाको व्यापारिक केन्द्र चन्द्रौटामा  ‘सुरज फेन्सी स्टोर’ सञ्चालनमा ल्याए । कपडा पसलले राम्रो गति लिएपनि  आय आर्जनका लागि कपडा पसल मात्र पर्याप्त थिएन। उद्यमशील सोच बोकेका रामुले आफ्नो मिल्ने साथी भुवन पौडेलसँग मिलेर व्यवसायिकरुपमा  बंगुरपालनको योजना बनाए । व्यवसाय सुरुवातमा उत्साहजनक देखिए पनि व्यवसायले गति लिन सकेन र अन्ततः बन्द गर्नुपर्ने अवस्था आयो । बंगुरपालन बन्द गरेपछि उनीले नयाँ विकल्पको  खोजी गर्ने थाले ।

परिवारमा उनको विहेको कुरा पनि चल्न थाल्यो उमेर बढदै गएकोले उनलाई आफ्न्त ,नातागोता र साथीभाइहरुको पनि दबाब भएकोले विक्रम संवत २०७० सालमा मागी विवाह गरे ।

विवाह गरेको केही वर्ष पछि  पारिवारिक जिम्मेवारी थिच्न थाल्यो र उनी  २०७२ सालको विनाशकारी भूकम्पपछि  वैदेशिक रोजगारीका लागि दुबई उडे। दुबईको इन्टरनेट क्याफेमा ५२ डिग्री तापक्रममा दुई वर्षको मेहन्त र संघर्ष पछि नेपालमै केही गर्नुपर्छ भन्ने आत्मबल जगायो र विस २०७४ साल मंसिरमा नेपाल फर्किए।

नेपाल आए पहश्चात गाउँकै दाजु वासु खनालको सल्लाहमा वाणगंगा बालुवा प्रशोधन केन्द्र (केसर) मा ८% सेयर लगानी गरे र व्यवस्थापनको जिम्मेवारी लिइ काम गर्न थाले तर व्यवसाय राम्रो चले पनि नदिजन्य वस्तुहरुको निकासमा समस्या उत्पन्न हुनथाले पछि उक्त व्यवसायलाई पनि केही कारणले त्याग्नुपर्‍यो।

जता त्यतै वाट भाग्यले साथ दिन छोडेको महसुस गरे र नयाँ पेशा अंगालने सोच बन्न थाले उनको मनमा धैरे कुराहरु खेल्न थाल्यो । २०७९ साल भदौ महिनामा चन्द्रौटामा बन्द भइसकेको ‘गरिब नवाज होटल’को स्थानमा ‘हाम्रो नेपाली चुलो सञ्चालनमा ल्याउने सोच बनाए ।

घरपरिवार भाई र श्रीमतीको सल्लाह अनुसार व्यवसाय सञ्चालन गरे शुरुमा सरसफाइ, ग्राहक सेवा, खाना तयारीजस्ता धेरै चुनौतीहरू भएपनि  अहिले श्रीमतीको साथ आत्मविश्वास र अठोटका साथ उनले ती सबै पार गरि सकेका छन् । उनी भन्छन आज ‘हाम्रो नेपाली चुलोमा नेपाली, इन्डियन, चाइनीज खानासहित चिकेन बिरयानी, मटन बिरयानीलगायत १६५ वटा परिकारहरू उपलब्ध छन्।

नेपाली चुलोमा ६ जना कामदारले नियमित रोजगारी दिन पाँउदा उनि हर्षित छन् । अहिले रामु स्वयंले ती कामदारहरूको घरमा ‘चुलो’ बलिराखेका छन्।  होटल सञ्चालन संग संगै उनी शिवराज नगरपालिकासँगको सहकार्यमा विद्यार्थीहरूलाई सीपमूलक तालिम पनि दिइरहेका छन्।

हाम्रो नेपाली चुलोका सञ्चालक रामु भन्छन “हाम्रो नेपाली चुलो सिर्फ मेरो उद्यम होइन  यो युवालाई प्रेरणा दिने केन्द्र हो  जहाँ स्वाद मात्र होइन, अवसर पनि पस्किन्छौ ।