चन्द्रौटाबाट ४२ लाख बढी नगदसहित भारतीय नागरिक पक्राउ
चन्द्रौटा,कपिलवस्तु ।
वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत खुल्न नसकेको ४२ लाख ६३ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित एक घरमा विशेष सूचनाका आधारमा छापा मारेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्ति भारत निवासी २२ वर्षीय अनिस कुमारको रूपमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले सो घरबाट नगद गन्ने मेसिन मोबाइल फोन तथा विभिन्न कागजातहरू समेत बरामद गरेको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहका अनुसार बरामद गरिएको रकम हुन्डी तथा अन्य अवैध कारोवारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। पक्राउ परेका कुमारमाथि आवश्यक अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अघि बढाइएको शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























