तौलिहवा, कपिलवस्तु।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गएराति गोली प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार चौधरीको निवासमा विद्युत् सेवा अवरुद्ध भएको बेला शौचालय गएका समयमा उनीमाथि गोली प्रहार गरिएको हो।

प्रहरीका अनुसार गोली घरको भित्तामा लागेको छ भने घटनास्थलबाट एक थान गोलीको खोका पनि बरामद गरिएको छ।

डीएसपी अधिकारीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। हाल घटनाको प्रकृति, संलग्न व्यक्तिहरूको खोजी र सम्भावित कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।