शिवराजमा प्रथम पब्जी कप सम्पन्न, रुपन्देहीको ‘दुश्मन हेरेको हेर्यै’ च्याम्पियन
कमल बिष्ट, कपिलवस्तु
ई-स्पोर्ट्सतर्फको युवाको आकर्षण र पब्जीको बढ्दो लोकप्रियता मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-१ शिवपुर कलौनीमा आयोजित प्रथम ‘शिवराज कप पब्जी प्रतियोगिता’ सफलता साथ सम्पन्न भएको छ।

Oplus_131072
शिवराज स्पोर्ट्सको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ वर्ष माथिका युवाहरुको सहभागिता अनिवार्य गरिएको थियो।
प्रतियोगिताको फाइनल चरणमा निर्णय गर्न एरेन्जेल ‘मिरामार र सानहोक नक्सामा गरी चार चरणका खेलहरु संचालन गरिएका थिए। प्रतियोगितामा झापा, कोहलपुर (बाँके), रुपन्देही, कपिलवस्तु लगायत विभिन्न जिल्लाबाट १६ टिमले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा रुपन्देहीको टिम दुश्मन हेरेको हेर्यै च्याम्पियन बन्न सफल भयो भने वन टु वीन बुटवल दोस्रो वान डेस्टिनी तेस्रो र सेभेन सी स्पोर्ट्स नेपाल ले सान्त्वना स्थान हात पारे। त्यस्तै, विजेता टिमका खेलाडी आदी ले एम.भी.पी. (सबैभन्दा उत्कृष्ट खेलाडी) को उपाधि जिते।
विजेता टिमले नगद रु २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेताले रु १२,०००, तृतीय टिमले रु ७,०००, र सान्त्वना टिमले ४ सेट हेडफोन पुरस्कारस्वरूप पाए। यस्तै, हरेक खेलमा ‘चिकन डिनर’ जितेका ५ टिमले हजार–हजारका दरले कुल रु ५,००० पुरस्कार प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा ले इ–स्पोर्ट्सको बढ्दो महत्वलाई स्वीकार्दै आगामी मेयर तथा उपमेयर कपमा पब्जीलाई समेत समावेश गरिने घोषणा गर्नुभयो। कार्यक्रम शिवराज स्पोर्ट्सका संयोजक दिपेश शाह को अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























