दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

विजयनगर गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगिता आजदेखि वडा नं. ४ को शंकरपुर खेल मैदानमा शुभारम्भ भएको छ ।

चार दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा क्रिकेट, भलिबल, र फुटबलका खेलहरू समावेश गरिएको  खेल प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो विधामा प्रतिस्पर्धा हुने विजयनगर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिहर बेल्बासेले जानकारीदिनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले प्रतियोगिता सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरिने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद नियमहरूको पूर्ण पालन गरिने बताउदै वहाँले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारालाई साकार पार्न प्रतियोगिताले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । थापाले खेलहरुवाट  खेलाडीहरूमा खेलप्रति चाहना जागृत गर्ने पालिकाको प्रमुख उदेश्य रहेको बताउनुभयो ।

कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कडेलको अध्यक्षता तथा जिवलाल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।